समाज


दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ११:३६,

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए। यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए। अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ।

उनका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन्। ‘समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुंगालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्’, उनले भने।

उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुंगामा ¥याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad