कारोबार


एनसेलको दशैं अफरः रिचार्जमा डेटा बोनस

एनसेलको दशैं अफरः रिचार्जमा डेटा बोनस

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ११:४८,

यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिँदै यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन्।

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ। यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबीसम्म डेटा बोनस पाउनेछन्। यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन्। रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन्।

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन्।

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रही रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad