ad ad

समाज


युक्रेनमा सामान बोक्ने विमान दुर्घटना, पाँचको मृत्यु

युक्रेनमा सामान बोक्ने विमान दुर्घटना, पाँचको मृत्यु

नेपालखबर
असोज १७, २०७६ शुक्रबार १०:४८,

 युक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमान दुर्घटनास्थलबाट तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ।

युक्रेनी आपतकालिन सेवा सम्वद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन्।

‘घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,’ यूक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन्।

उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट यूक्रेनका लागि उडेको थियो। प्रारभ्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ।

यूक्रेनी आपतकालिन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। रासस÷एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .