दसैंका बेला सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले ठूला सवारीलाई काठमाडौँ प्रवेशमा रोक लगाउने भएको छ।
आइतबारदेखि ठूला मालवाहक सवारीलाई काठमाडौं प्रवेशमा रोक लगाइने विभागले जनाएको छ।
दसैँको लागि घर हिँडेका यात्रु नागढुंगा–नौबिसे खण्डमा लामो समयसम्म जाममा फसेपछि विभागले शुक्रबार विज्ञप्ति जारी गरी असोज १८ सम्म १० चक्के र त्योभन्दा ठूला सवारीसाधनलाई चितवनको नारायणगढमै रोक्न जनाएको हो।
अत्यावश्यक औषधि र खाद्यान्न बोकेका ठूला गाडीलाई भने काठमाडौं प्रवेश गर्न दिइने विभागले जनाएको छ।
सवारी साधनको चापले नागढुंगा–नौबिसे खण्डमा ६÷७ घण्टासम्म सवारी साधन जाममा फस्ने गरेका छन्।

प्रतिक्रिया