नागढुंगा-नौबिसे सडकखण्डको जाममा परेका एक यात्रीको मृत्यु गएको छ।
ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहटको गरुणा नगरपालिका–८ का ३५ वर्षीय रुपलाल साहको आज (शुक्रबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
लामो समय जाममा बस्नुपरेकाले उपचार अभावमा उनको मृत्यु भएको आफन्तले बताएका छन्। साह क्यान्सर रोगबाट पीडित थिए।
पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे उनले मृत्यु भएको आफन्तले बताएका छन्।
नौबिसे नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ।
दसैंको मुखमा सुरु भएको नौबिसे-नागढुंगा सडक मर्मतको कारण यात्रीले सास्ती पाएका छन्। यो सडक खण्डको धादिङतर्फ हिजो-आज ३० किलोमिटरसम्म सवारी जाम हुने गरेको छ।
यात्रुले जाममा परेर ६/७ घण्टा गाडीमै बिताउनुपर्ने बाध्यता छ।
प्रतिक्रिया