समाज


लमजुङमा बैंक सुरक्षागार्डको रहश्यमय मृत्यु

लमजुङमा बैंक सुरक्षागार्डको रहश्यमय मृत्यु

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १०:५६,

लमजुङको दोर्दी गाउँपालिका–४,सेरामा रहेको जनता बैंकमा सुरक्षागार्डको रुपमा कार्यरत बिर्ता गुरुङ मृत अवस्थामा फेला परेकी छन्।

बिहीबार काम सकेर घर फर्केकी उनी घरमा नपुगेकी र उनको खोजी गर्दा सोही गाउँपालिका–४ को माझीखोलाको भीर तल मृत अवस्थामा फेला परेकी लमजुङ प्रहरीले जनाएको छ।

४५ वर्षीया मृतक बिर्ताको घर लामिडाँडा पुग्न सोही भीर पार गर्नुपर्छ। गुरुङको मृत्युको कारणबारे प्रहरीले छानबिन भइरहेको जनाएको छ।

यता, म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौर निवासी ज्ञानी बिकको घरमा मिस्त्री काम गर्ने दोलखा घर भएका २६ वर्षीय पेमा तामाङकाे करेण्ट लागेर मृत्यु भएको छ। काम गरिरहेको बेला अकस्मात रड बिजुलीको तारमा छोइँदा करेण्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad