समाज


एनआरएनएको अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा  कुमार पन्तको उम्मेदवारी घोषणा

नेपालखबर
असोज ३, २०७६ शुक्रबार १०:४६,

गैर आवसीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार होटल याक एन्ड यतीमा एक समारोहबीच उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन्। पन्तले उम्मेदवारी घोषणासँगै संघको संरचना, प्रशासन, संघको आन्तरिक व्यवस्थापन र स्वदेशमा एनआएरएनको लगानीसहित मतदानको अधिकारका विषयमा केन्द्रित रहेर आफ्नो प्रतिवद्धताहरु समेत सार्वजनिक गरेका छन्।

 उनले पूर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२०’को योजना नै आफ्नो मूल नारा र एजेन्डा रहेको बताए।

पन्त अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका उपाध्यक्ष हुन्। उपाध्यक्षमा यो उनको दोस्रो कार्यकाल हो। जर्मनीलगायत युरोपका विभिन्न देशमा होटल गरेका उनको नेपालमा पनि जलविद्युत परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी रहेको छ।

सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी त्यसको अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भएका थिए। यनी सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजक, २०१३–२०१५ मा महासचिव र २०१५ यता आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन्।

विभिन्न देशमा छरिएका नेपालीलाई संगठित, राष्ट्रिय समन्वय परिषद स्थापना र सञ्चालनमा समन्वय, निष्क्रिय र समस्याग्रस्त एनसीसीहरुलाई सक्रिय बनाउन सफल भूमिका खेलेका कारण पनि उनी विश्वभरिका एनआरएनमाझ परिचित छन्।

नेपालमा एनआरएनमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण निर्माण तथा सहजीकरण, संसारभरिका एनआरएनलाई स्वदेशमा आर्थिक–बौद्धिक लगानी एवं परोपकारी कार्य गर्न प्रोत्साहित गर्ने अभियानमा पनि उनी सक्रिय रहँदै आएका छन्।

भूकम्प लगायत नेपालमा बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनःनिर्माण लगायत परोपकारी कार्यको संयोजन गरी आफै कार्यक्षेत्रमा समेत खटिएका थिए। स्वदेशलाई समृद्ध बनाउने अभियानको साझेदार गैरआवासीय नेपाली बन्नुपर्छ भन्ने मान्यताका साथ पन्त एनआरएनको रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने अभियानमा सक्रिय छन्।

गोर्खाको फुजेलमा जन्मिएका उनी विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका थिए। समाजशास्त्रमा स्नातक पन्त जर्मनीको फ्र्यांकफर्टमा बस्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad