समाज


लागुऔषध कारोबारमा भारतीय गिरोह नै सक्रिय, ४३ सय २६ एम्पुलसहित ३ भारतीय र ४ नेपाली पक्राउ

लागुऔषध कारोबारमा भारतीय गिरोह नै सक्रिय, ४३ सय २६ एम्पुलसहित ३ भारतीय र ४ नेपाली पक्राउ

नेपालखबर
असोज २, २०७६ बिहिबार ९:१९,

प्रहरीले ठूलो परिणामको लागुऔषधसहित काठमाडौँका विभिन्न स्थानबाट ३ भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विभिन्न मिति र स्थानबाट लागुऔषध ४ हजार ३ सय २६ एम्पुलसहित ७ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

बुधबार ब्युरोको टोलीले काठमाडौँको शान्तिनगरबाट भारतीय नम्बर प्लेटको गाडीमा चामलको पिठोभित्र लुकाइ ल्याएको अवस्थामा लागुऔध एम्पुलसहित तीन जनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तीनै जना भारतीय नागरिक रहेका छन्। भारतको बिहारका ३७ वर्षी राजा कुणाल, ३२ वर्षका राजेशकुमार जसवाल र ३७ वषीय अभिषेक कुमार जसवाललाई बीआर ३० पी ८६०७ नम्बरको गाडीमा लुकाएर ल्याएको इाजेपाम १०४७ एम्पुल, नुर्फिन १०३७ र फेरागन १०४२ गरी ३१२६ एम्पुलसहित पक्राउ गरेको हो।

पछिल्लो समय नेपालको लागुऔषधको कारोबारमा भारतीयहरुको संख्या बढेको प्रहरीले बताएका छ। दैनिकजसो लागुऔषधको कारोबारमा भारतीयहरु पक्राउ पर्न थालेपछि प्रहरीले त्यसतर्फ चाँसो बढाएको छ।

त्यस्तै ब्युरोले गत भदौ २७ गते गोकर्णश्वर नगरपालिकाको जम्बुडाँडाबाट लागुऔषधसहित पक्राउ गरेका ४ जनालाई पनि सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिरहाको गोलबाजरका ४२ वर्षीय उतिमलाल साह, उदयपुर त्रियुगा–१३ का ३४ वर्षी सुजेन्द्र लोहनी, काभ्रेको रोशी गाउँपालिका ७ का २८ वर्षी पेमा लामा, सिरहा गोलबजारका २३ वर्षी अशोक तामाङ रहेका छन्।

उनीहरुका साथबाट प्रहरीले डाइजेपाम ४१० एम्पुल, फेनारगन ३७५ र नुर्फिन ५१५ गरी जम्मा १२ सय एम्पुल बरामद गरेको जनाएको छ।

पक्राउ परेका चारमध्य तीन जना विगतमा जेल सजाय भोगेका अपराधी रहेबको ब्युरोका एसएसपी बसन्त लामाले जानकारी दिए।
‘पहिला विद्युतीय सामग्री बेच्थे, पछि पैसा धेरै हुने भएपछि लागूऔँषध विक्री गर्न थालेका हुन्’, एसएसपी लामाले भने।

प्रहरीले पक्राउ परेका भारतीय र नेपाली दुबै पक्षलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad