जल तथा मौसम विज्ञान विभागले पर्सीसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
विभागले मंगलबार साँझ प्रेसित गरेको विज्ञप्तिमा ‘आजदेखि पर्सिसम्म गण्डकी प्रदेशको धेरै स्थान, प्रदेश २, ३, ५ को केही स्थानमा मध्यम देखि भारी वर्षाको संभावना औँल्याएको छ।
यस्तै, नारायणी, यसका शाखा नदीहरु लगायत गण्डकी प्रदेश भई बहने नदीमा आकस्मिक बहावको संभावना रहेको भन्दै सचेत रहन आग्रह गरिएको छ।

3
Shares

प्रतिक्रिया