कला


नेपाली सेनाले २ लाख राशिको लेख रचना प्रतियोगिता गर्दै

नेपाली सेनाले २ लाख राशिको लेख रचना प्रतियोगिता गर्दै

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार १२:२५,

नेपाली सेनाले ठूलो पुरस्कार राशिको लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। सेनाले राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक सैनिक सम्बन्ध, सैनिक कूटनीतिसँग सम्बन्धित लेखरचना इच्छुक लेखकहरुबाट मागेको हो।

प्रतियोगितामा उत्कृष्ट १ जनाको लेखरचनाले २ लाख, दोस्रो स्थान पाउने एक जनाले १ लाख, तेस्रो स्थान प्राप्त गर्ने एक जनाले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने सेनाले जनाएको छ। त्यस्तै २७ जनालाई सान्त्वनास्वरुप १० हजार नगद प्रदान गरिने सेनाले जनाएको छ। उक्त लेखरचनाका लागि असोज १ देखि कात्तिक ३० सम्ममा प्रस्तावित शीर्षक बुझाउनुपर्ने र मंसिर १ देखि माघ १५ सम्ममा लेखरचना तयारी गरी इमेलमार्फत पठाउनुपर्नेछ।

त्यस्तै लेखरचना राजनीतिनिरपेक्ष हुनुपर्ने, २ हजारदेखि २५ सय शब्दसम्ममा सक्नुपर्ने, अंग्रेजी वा नेपाली जुनसुकै भाषामा पनि लेख्न सकिने सेनाले जनाएको छ। हुबहु वा अन्य चोरीकार्यबाट आउने लेखरचनालाई सुरुवाती चरणबाटै हटाइने पनि सेनाले स्पष्ट पारेको छ। तर सन्दर्भस्रोत उल्लेख गर्न सकिनेछ।

lekh rachana sena

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .