समाज


२१ असारसम्म सम्झौता नगर्ने भूकम्प पीडितले अनुदान नपाउने

२१ असारसम्म सम्झौता नगर्ने भूकम्प पीडितले अनुदान नपाउने

नेपालखबर
असार २, २०७६ सोमबार ११:४०,

असार तेस्रो साताभित्र अनुदान सम्झौता नगरे भूकम्पपीडितहरु लाभग्राहीको सूचीबाट हटाइने भएका छन्।

अनुदान सम्झौताका लागि २१ असारको मिति तोक्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई सोही अवधिभित्र अनुदान सम्झौता गरी अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ।

धिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए भूकम्प प्रभावितहरु लाभग्राही सूचीबाट हटाइनेछन्।

घिमिरेका अनुसार, सोमबार अपरान्हसम्मको तथ्याङ्कअनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन्।

अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणका अनुसार, अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३ सय १७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन्।

असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ।

निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन्। प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्नेछन्।

अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई प्रोत्साहनका लागि स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको प्राधिकरणले त्यसका लागि वडामार्फत् प्रक्रिया सुरु गर्न आग्रह पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .