समाज


दुई हजार घुस लिने मालपोत कर्मचारी उपर भ्रष्टाचार मुद्दा

दुई हजार घुस लिने मालपोत कर्मचारी उपर भ्रष्टाचार मुद्दा

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १२:५१,

मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेलसमेत ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नासु पोख्रेलले लेखापढी व्यवसायी बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीसँग दुई हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नासु पोख्रेल र अन्य कर्मचारीले काम गराएवापत सेवाग्राहीले रकम दिनुपर्ने र नदिए काममा ढिलासुस्ती गरी विभिन्न बहानामा घुस, रिस्वत माग्ने गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले पोख्रेल, मैनाली र खत्री तीनै जनालाई रु २/२ हजार विगो कायम गरी मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad