अस्ट्रेलियामा एक साइकल यात्रीले चराको आक्रमणबाट जोगिन भाग्दै गर्दा ज्यान गुमाएका छन्।
कालो र सेतो रङको म्याग्पी चराले ७६ वर्षका वृद्धलाई आक्रमण गर्न खोजेका थिए।
बीबीसीका अनुसार चराले खेदाउँदै गर्दा ती वृद्ध साइकलमा तिव्र गतिमा भागेका थिए।
भाग्दैगर्दा सडकबाट तल खसेर उनको एक बारमा शिर ठोक्किएको थियो। शिरमा ठोक्किएर गम्भीर घाइते भएका उनको ज्यान गएको अस्ट्रेलियाका प्रहरीले बताएका छन्।

यस घटना न्यु साउथ वेल्स उलनगोङको भएको जनाइएको छ। अस्ट्रेलियामा म्याग्पी चरा खतराको रुपमा लिइन्छ।
यस आक्रमक चराले बाटोमा हिँड्ने मानिस तथा साइकल यात्रीलाई बारम्बार निशाना बनाउँदै आएका छन्।
धेरै दुख दिने खालका यस्ता चरालाई समयसमयमा अस्ट्रेलियाका प्रहरीले मार्दै आएका छन्।

प्रतिक्रिया