सेयरबजार आज १६.१८ अंकले ओरालो लागेको छ। बजार कारोबार मापक नेप्से सूचक उक्त अंकले घटेर ११२३.८३ अंकमा पुगेको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ३.६६ अंकले घटेको छ।
सोमबार सेयरबजारमा १ सय ६९ कम्पनीको १२ लाख ४८ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा आज ७ हजार ५ सय ४७ पटकको सेयर खरिदबिक्रीबाट ३४ करोड ३९ लाखको कारोबार भएको छ। कुल १२ समूहको कारोबार भए पनि व्यापार समूहबाहेक बाँकी सबै समूहको कारोबार सूचक घटेका छन्। आज सबैभन्दा बढी जीवन बीमाको १ सय ३१.६२ अंकले घटेको छ।
आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा भने छिमेक लघुवित्त विकास बैंक लिमिटेडको १ करोड ८० लाखको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल बैंक लिमिटेडको १ करोड ७९ लाखको, सिटिजन बैंक इन्टरनेशनलको १ करोड ४९ लाखको, एनआईसी एसिया बैंकको १ करोड १९ लाखको र सिद्धार्थ बैंक लिमिटेडको १ करोड १९ लाखको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड १२ लाखको सेयर कारोबार भएको छ। अन्य कम्पनीको कारोबार करोडसम्म पुग्नसकेको छैन।
आज कमाउने कम्पनीमा भने साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि रहेको छ। कम्पनीका सेयरधनीले २४ रुपैयाँ प्रतिकित्ता सेयर आम्दानी गरेका छन्। त्यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले २९ रुपैयाँ, छ्यांग्दी हाइड्रोपावर लिमिटेडका सेयरधनीले दुई रुपैयाँ, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ११ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३५ रुपैयाँ घाटा व्यहोरेका छन्। त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टका सेयरधनीले ४ रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सका सेयरधनीले १८ रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३३ रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया