संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको छ।
आइतबार साँझ ललितपुर प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा राखेको हो।
आइतबार दिउँसाे पुल्चोकमा भएको पत्रकार सम्मेलनमा शाहीमाथि हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। साँझ छोडेको प्रहरीले राति फेरि शाहीलाई समातेर हिरासतमा राखेको हो।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले शाहीलाइ हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
‘अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेक राईले नेपालखबरसँग भने। प्रहरीले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।
शाहीलगायतको समूहले शनिबार मन्त्री भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा दुव्र्यबहार गरेका थिए।
मन्त्री भट्टराईका कारण विमान उड्न ढिलो भएको भन्दै विमानभित्रै उनीहरुले अभद्र व्यवहार गरेका थिए।
प्रतिक्रिया