ad ad

समाज


सस्तो डलरको लोभमा पर्दा भएको ६ लाख रुपैयाँ पनि गुम्यो

 सस्तो डलरको लोभमा पर्दा भएको ६ लाख रुपैयाँ पनि गुम्यो

नेपालखबर
भदौ २९, २०७६ आइतबार १२:९,

 काठमाडौंमा मुगुका एक युवा सस्तोमा डलर पाउने प्रलोभनमा आफूसँग भएको ६ लाख रुपैयाँ समेत गुमाएर यतिबेला प्रहरी कार्यालयको चक्कर काटिरहेका छन्।

घटना आइतबार बिहानको हो। सस्तोमा डलर साटिदिने भन्दै मुगु सोरुङ गाउँपालिका घर भई गोकर्णेश्वर दक्षिणढोका नजिक बस्ने खडकबहादुर शाहीलाई एक अज्ञात युवाले ठगेका हुन्।

बिहान डेरामा आएका अज्ञात युवाले डलर भन्दै कागज थमाएर शाहीसँग रहेको ६ लाख लिएर फरार भएका हुन्।

शाहीले तत्काल महानगरीय प्रहरी वृत्त बौद्धमा खबर गरेपनि ठगी गर्ने युवा फेला पर्न सकेका छैनन्। यतिबेला वृत्त बौद्धका सईको नेतृत्वमा एउटा टोली ठगीमा संलग्न युवाको खोजीमा खटिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा विभिन्न बहानामा आफूसँग रहेको डलर सस्तोमा बेच्ने भन्दै संगठित गिरोह सक्रिय रहेको छ। प्रहरीले डलर सटही गैरकानूनी भएको भनिरहे पनि केही लाखको लोभमा दैनिक दुई जनासम्म ठगीको शिकार भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .