ad ad

समाज


न्यून चापीय रेखा नेपालतर्फ सर्दै, पानी पर्नेक्रम अझै बढ्ने

न्यून चापीय रेखा नेपालतर्फ सर्दै, पानी पर्नेक्रम अझै बढ्ने

नेपालखबर
भदौ २६, २०७६ बिहिबार २:२१,

यतिबेला देशभरी आंशिक देखि सामान्य बदली छ। केही स्थानमा सामान्य वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पानी पार्ने प्रणाली न्यून चापीय रेखा मध्य भारतबाट नेपालतर्फ सर्दै आएकाले नेपालमा पानी पर्ने क्रम बढ्दै गएको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

‘यो क्रम शुक्रबार र शनिबार अझ बढ्ने देखिन्छ,’ प्रधानांगले नेपालखबरसँग भने, ‘कतिपय ठाउँमा ठूलो वर्षासमेत हुनसक्छ। धेरै ठाउँमा वर्षा हुने सम्भावना छ।’

प्रधानांगका अनुसार न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल तर्फ अघि वढ्दैछ।

बुधबार काठमाडौँ उपत्यकामा १३ दशमलव ६ मिलिलिटर वर्षा भएको छ। आज पनि दिउँसोपख काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २६ गते (बिहीबार)
दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते (शुक्रवार)
दिउँसोः देशभरी आन्शिक देखि सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भूभागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २८ गते (शनिवार)
दिउँसोः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभरी सामान्य रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले देशका केही भागमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्ने, पहाडि भूभागमा पहिरो जानसक्ने तथा सडक यातायातमा अबरोध हुनसक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .