ad ad

समाज


एसइईको नतिजा असार दोस्रो साता

एसइईको नतिजा असार दोस्रो साता

नेपालखबर
असार २, २०७६ सोमबार ३:५०,

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ।

गत वर्ष ९ असारमा नतिजा प्रकाशित भएको थियो। यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीकोसमेत अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने बोर्डले जनाएको छ।

देशभरका उत्तरपुस्तिका परीक्षण सकेर नम्बर इन्ट्रीको काम भइरहेको बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए। ‘ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएका छौँ,’ शर्माले भने।

यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन्।

बोर्डले छिटोमा असार १० गते र ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .