ad ad

समाज


काठमाडौँमा रातभरी वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने

काठमाडौँमा रातभरी वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने

नेपालखबर
भदौ १९, २०७६ बिहिबार २:३१,

काठमाडौँसहित देशका धेरैजसो ठाउँमा रातभर वर्षा भएको छ।

आज (बिहीबार) पनि देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गएराति काठमाडौँ उपत्यकामा ४३ दशमलव ६ मिलिलिटर वर्षा भएको छ। हिजो काठमाडौँमा ६२ मिलिलिटर वर्षा भएको थियो।

आज राति मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु भासीले जानकारी दिइन्।

‘अहिले देशभर आंसिकदेखि सामान्य बदली छ, मध्य र पश्चिमका केही स्थानमा पानी परिरहेको छ,’ उनले नेपालखबरसँग भनिन्, ‘पश्चिमको कैलाली आसपासको क्षेत्रबाट पानी पार्ने नयाँ प्रणाली विकास हुँदैछ, गए राति भन्दा पनि आज त्यसक्षेत्रमा बढी पानी पर्ने सम्भावना छ।’

भासीका अनुसार काठमाडौँ उपत्यकासहति पूर्वका पनि कतिपय ठाउँमा अहिले पानी परिरहेको छ। देशभरी आंसिकदेखि सामान्य बदली छ। ‘केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ,’ भासीले भनिन्।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै विपदबाट बच्न आग्रह गरेको छ। 

महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास छ। साथै बंगालको खाडीको उत्तर–पश्चिमी भागमा एउटा न्यून चापीय प्रणाली विकास भएको छ।

भासीका अनुसार अहिलेको मौसम बदली पश्चिम बंगालबाट आइरहेको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले भइरहेको हो। अहिले पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै गइरहेको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो
भाद्र १९ गते (बिहिबार)

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना देखिन्छ।

भाद्र २० गते (शुक्रबार)
दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

भाद्र २१ गते (शनिबार)
दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।

महाशाखाले देशभरी वर्षाको सम्भावना रहेको भन्दै यसको प्रभावले पहाडि भूभागमा पहिरोको जान सक्ने, नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .