महोत्तरीको महोत्तरी गाउँपालिकास्थित विग्ही खोलाले बगाउँदा बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार खोलाले बगाउँदा महोत्तरी गाउँपालिका-१ पर्साटोलका मोहमम्द उवेस नट्टका छोरा २ वर्षीय मोहम्मद इररफान नट्टको मृत्यु भएको हो।
खोला छेउमै रहेको उक्त टोलका बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा खसेका थिए।
बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रतिक्रिया