भक्तपुरको मध्यपुरथिमि नगरपालिका- १ लोकन्थलीमा पुनःपहिरो गएको छ।
गएराति गएको पहिरोले सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेका छन्।
मध्यपुरथिमि- १, २ र ३ मा खानेपानी वितरणका लागि ट्याङ्की निर्माण गर्न खनिएको खाडलको कारण पहिरो गएको हो।
३ भदौमा त्यहाँ पहिरो गएको थियो । त्यो पहिरो रोकथामको प्रयास भइरहँदा गएराति पुनः अर्को पहिरो गएको हो। पहिरोले करीब ४० मिटर कालोपत्र सडक बगाएको छ।
पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घर उच्च जोखिममा परेको छ।
पहिरो दुई वटा घरको जगसम्म पुगेको छ। ती घरका मानिसलाई अन्यत्र साएिको छ।
भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी बताए।
पहिला गएको पहिरो रोकथामको प्रयास भइरहँदा आज पुनः अर्को पहिरो गएको खड्काले बताए।

प्रतिक्रिया