शुक्रबार बेलुका भएको जिप दुर्घटनामा परी हराइरहेका चालकको शव शनिबार बिहान फेला परेको छ।
सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कंदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जिप माडचौरको भलाममा दुर्घटना भएको थियो।
दुर्घटनामा परी सोही जिपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परेको उक्त जिप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिए।
शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पु¥याएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खशव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए। रासस

प्रतिक्रिया