रकम नै नभएको बैंक खाताको चेक जारी गरी ठगी गरेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको साविक मनमैजु गाविस–१ हालको तारकेश्वर नगरपालिका– ११ बस्ने प्रभात बिक्रम थापा रहेका छन्।
थापाले अर्जुन तामाङ्बाट ८ लाख ५० हजार ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रर्याप्त रकम हुँदै नभएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकको खाताबाट भुक्तानी हुने गरी उक्त रकमको चेक २०७५ वैशाख १५ मा जारी गरेका थिए।
जाहेरवालाको नाममा जारि गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको बैकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको मिति २०७५ चैत ४ गतेको फैसलाले थापालाई ८ लाख ५० हजार रुपैयाँ जरिवाना र १५ दिन कैद हुने ठहर गरेको थियो।
फरार रहेका थापालाई पक्राउ गरी प्रहरीले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएइएको जनाएको छ।

प्रतिक्रिया