समाज


रवि लामिछाने र युवराज कँडेलको बयान सकियो, थुनछेक बहस सुरु

रवि लामिछाने र युवराज कँडेलको  बयान सकियो, थुनछेक बहस सुरु

नेपालखबर
भदौ ९, २०७६ सोमबार ७:५८,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान सकिएको छ।

सोमबार चितवन जिल्ला अदालतमा पत्रकार कँडेलको पहिला र त्यसपछि लामिछानेको बयान सकिएको हो।

पुडासैनी आत्महत्य प्रकरणमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आइतबार बयान लिइएको थियो।

आइतबार बयान नसकिएपछि तीन जनालाई प्रहरी हिरासतमा राखिएको थियो।

सोमबार पहिला कँडेल र त्यसपछि लामिछानेको बयान लिइएको थियो। दुवैको बयान दिउँसो १ बजे सकिएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए।

प्रहरीले बयानका लागि उनीहरुलाई १० बजे अदालतमा उपस्थित गराएको थियो।

स्रेस्तेदार गिरीले बयानपछि छेकथुन बहस सुरु भएको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad