राजनीति


नेकपा केन्द्रीय समितिमा चार जना थपिए

नेकपा केन्द्रीय समितिमा चार जना थपिए

नेपालखबर
भदौ ९, २०७६ सोमबार ७:४८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टी परित्याग गरी आएका ४ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको सचिवालयको बैठकले चार जनालाई केन्द्रीय समितिमा मनोनित गरेको हो।

यसरी मनोनित हुनेहरुमा समाजवादी  पार्टी नेपाल परित्याग गरी नेकपामा प्रवेश गरेका देवेन्द्र पराजुली र कल्पना धमला, विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा आएका पदम राई र किरण राई रहेका छन्।

पार्टीको विधानमा अन्य पार्टीबाट आउने १० प्रतिशतलाई केन्द्रीय समितिमा मनोनित गर्ने प्रवाधान रहेको छ।

बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायाणकाजी श्रेष्ठले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad