समाज


दीपक भट्टको कम्पनीबाट जयवीर देउवाको कम्पनीमा २ करोड ६० लाख भुक्तानी, अनुसन्धान जारी

दीपक भट्टको कम्पनीबाट जयवीर देउवाको कम्पनीमा २ करोड ६० लाख भुक्तानी, अनुसन्धान जारी

नेपालखबर
साउन १, २०८३ शुक्रबार १०:०, काठमाडौँ

व्यवसायी दीपक भट्टलाई चलाइएको मुद्दामा नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा पनि अनुसन्धानमा तानिएका छन्।

भट्टको हित नियन्त्रणमा रहेको हिमलायन एसेट म्यानेजमेन्ट प्रालिबाट जयवीरको लगानी रहेका दुई वटा कम्पनीमा २ करोड ६० लाख रुपैयाँ पठाएको पाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ। जयवीरको लगानी रहेको स्कलर इन्टरनेसनल र डिजी हबमा भट्टको कम्पनीबाट भुक्तानी गरेको पाइएको हो। 

यस विषयमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध मुद्दा दायर गर्दै विभागले जयवीरमाथी पनि अनुसन्धान गरिरहेको जनाएको हो। 

विभागले यसअघिबाटै शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजू राणा देउवामाथी पनि अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad