ad ad

समाज


एकाबिहानै बाघले आक्रमण गर्दा वृद्धको मृत्यु

एकाबिहानै बाघले आक्रमण गर्दा वृद्धको मृत्यु

नेपालखबर
भदौ ८, २०७६ आइतबार ४:११,

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

आइतबार बिहान साढे सात बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमण घर नजिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

घर नजिकै खोरमा राखिएका बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

निकुञ्जमा बाघ बढेसँगै बस्तीमा प्रवेश गरेर मानिसलाई आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .