राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले भेटवार्ता भइरहेको छ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भइरहेको हो।
नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार पौने १ घण्टादेखि भेटवार्ता भइरहेको छ।
‘समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो,’ प्रेस सल्लाहकार जुगलले बिहान १० बजेतिर नेपालखबरसँग भने,’ ‘भेटवार्ता जारी नै छ।’
‘समसामयिक राजनीतिक विषयमा’ भने पनि उनले एजेन्डा भने खुलाएनन्।
पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत राष्ट्रपतिले भूमिका खेलेकाे चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन्।
प्रतिक्रिया