आज (आइतबार) देशभरजसो मौसम बदली भई केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पश्चिमका केही तथा मध्य र पूर्वका थोरै स्थान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
साथै पश्चिमी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले पनि पश्चिमका पोखरालगायत केही स्थानमा पानी परिरहेको छ।
‘दिउँसो ३/४ बजेपछि पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने देखिन्छ,’ उनले भने,‘आगामी तीन दिनसम्म पश्चिमी भेगमा यो क्रम जारी हुने देखिन्छ।’
उनका अनुसार भारतमा रहेको मनसुनी न्यून चापीय रेखा आफ्नो औसत स्थानबाट केही उत्तर नेपालको पश्चिमी भेगतर्फ नजिकिएको छ। यसैकारण
पश्चिमलगायत देशभर त्यसको असरले मनसुनी गतिविधि बढेको मौसमविद् अर्यालेको भनाइ छ। साथै स्थानीय वायुका प्रभाव पनि रहेकाे उनले बताए।
महाशाखाका अनुसार अहिले देशका मध्य र पश्चिमी क्षेत्रका धेरै स्थानमा बदली भई केही स्थानमा वर्षा भइरहेको छ भने पूर्वी भेगमा आंशिकदेखि सामान्यसम्म बदली भएको छ।
मौसमविद् अर्यालले अहिले काठाडौं उपत्यका पनि पूर्ण बदलीको अवस्थामा रहेको बताए। ‘तर यो क्रमशः कमजोर बन्दै गइरहेको छ,’ उनले भने, ‘तर दिउँसो पछि पुनः सक्रिय भएर मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।’
आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ८ गते आइतबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा र मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशको पश्चिमी भू(भागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमका केही स्थानहरूमा र मध्य र पूर्वका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र ९ गते सोमबार
दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ। देशको पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र १० गते मंगलबार
दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभरी सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। #मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया