ad ad

समाज


निरन्तर वर्षा, जताततै बाढी-पहिरोको खतरा (हेर्नुहोस्, बाढी पूर्वानुमान बुलेटिन)

निरन्तर वर्षा, जताततै बाढी-पहिरोको खतरा (हेर्नुहोस्, बाढी पूर्वानुमान बुलेटिन)

नेपालखबर
असार १८, २०७८ शुक्रबार ३:१५,

केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ। जसले गर्दा जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ।

आज पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्।

यसै क्रममा शुक्रबार बिहान बाढी पूर्वानुमान महाशाखाले आजदेखि ३ दिनसम्म कहाँ कहाँ बाढीको जोखिम देखिएको छ भनेर आकलन सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार आज कोसी, नारायणी र यसका सहायक नदी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ भने केहीमा बाढीको मात्रा सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ। यसर्थ यी नदीका तटीय क्षेत्र तथा डुबन भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

आइतबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ, हेर्नुहोस्, तलको बुलेटिन–

badhi 18asar

यो पनि :

‘पाँचवटा प्रदेशमा जारी वर्षा ठूलो हुने सम्भावना छ, सतर्कता अपनाउनुहोला’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .