ad ad

राजनीति


देउवाको विकल्प खोज्न प्रयासरत ३ नेताले केन्द्रीय सदस्यसँग आज गर्ने भनिएको छलफल स्थगन

देउवाको विकल्प खोज्न प्रयासरत ३ नेताले केन्द्रीय सदस्यसँग आज गर्ने भनिएको छलफल स्थगन

नेपालखबर
असार १८, २०७८ शुक्रबार २:५६,

अब हुने महाधिवेशनमा पार्टीको सभापतिमा शेरबहादुर देउवाको विकल्प खोज्ने भन्दै आपसमा ‘लन्च मिटिङ’ गरिरहेका कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले आज केन्द्रीय सदस्यसँग गर्ने भनिएको छलफल स्थगन गरिएको छ।

नेता सिंहका अनुसार क्रियाशील सदस्यताको विषय नटुंगिएकाले आजै क्रियाशील सदस्यता छानबिन समिति, पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नुपर्ने भएकाले आजका लागि तय गरिएको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगन गरिएको हो।

कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रित रहेर उपसभापति निधि, डा. कोइराला र आफूबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग ल्याएको उनले उल्लेख गरेका छन्।

‘यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्त्वका साथ विषय उजागर गरेको छ,’ नेता सिंहले भनेका छन्, ‘सो बैठकले क्रियाशील सदस्यतासम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो।’

उनले अगाडि भनेका छन्, ‘तर क्रियाशीलको विषय नटुंगिएको र आजै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नुपर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्य व्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु।’

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकताअनुसार भेटघाट र छलफललाई निरन्तरता दिने जानकारीसमेत उनले गराएका छन्।

यी पनि :

तीन नेताको ‘लन्च मिटिङ’- सभापतिमा सहमति कि पदाधिकारीको बार्गेनिङ?

सुनीलबहादुर थापाले कहाँबाट जुटाए कांग्रेसमा ९ हजार क्रियाशील सदस्य?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .