गए रातिदेखि सर्लाहीमा विद्युत अवरुद्ध छ। रौतहटको पौराइ जंगलमा रुख ढलेर बिजुलीको तार चुडिँदा जिल्लाभरी नै राति देखि नै बिजुली अवरुद्ध भएको प्राधिकरण सर्लाहीले जनाएको छ।
रुख ढल्दा चन्द्रनिगाहपुरबाट सर्लाहीतर्फ ल्याइएको ३३ केभीको मुख्य प्रशारण लाइन नै अवरुद्ध भएको विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए।
ढलेको रुख तारमा बजारिँदा बिजुलीको तार नै छिनेको छ। छिनेको तार गाँसेर विद्युत सुचारु गर्ने प्रयास भइरहेको श्रेष्ठले बताए।
3
Shares

प्रतिक्रिया