समाज


दर्जनौं किशोरी र महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोप, भक्तपुरबाट ३६ वर्षीय युवा पक्राउ

दर्जनौं किशोरी र महिलाहरुलाई अभद्र व्यवहार गरेको आरोप, भक्तपुरबाट ३६ वर्षीय युवा पक्राउ

नेपालखबर
असार १७, २०७८ बिहिबार ५:४०,

बाटो हिँड्दै गरेका दर्जनौ महिला तथा किशोरीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।

रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा किशोरीहरुलाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया किशोरीदेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा किशोरहिरुको संवेदनशील अङ्गमा समाउने र छातीलगायतका अङ्गमा हिर्काएर भाग्ने गरेको खुल्न आएको थापाले बताए।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन्। तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छ। प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप गरेर उनीमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ। भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad