पर्सामा आज (मंगलबार) बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार जिल्लाका सखुवाप्रसौनी गाउँपालिका–४, देवरवानाका ५५ वर्षीय रघुवीर यादव, सखुवाप्रसौनी–१, गदियानीका २७ वर्षीय रोसुला गदी र जिराभवानी–३, जितपुरकी ५० वर्षीया असुतरनीदेवी थरुनीको मृत्यु भएको हो।
यादव र गदीलाई भैंसी चराउन गएका बेला चट्याङले लागेको थियो भने थरुनीलाई खेतमा धान रोपिरहेका बेला चट्याङले लागेको प्रहरीले जनाएको छ।
यस्तै थरुनीसँगै रहेका ३ जना पनि चट्याङले सामान्य घाइते भएका छन् भने गदीसँगै रहेका राजलली गदीचाहिँ गम्भीर घाइते भएका छन्। उनको अहिले वीरगन्जमा उपचार भइरहेको छ।
3
Shares

प्रतिक्रिया