समाज


काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक बस सञ्चालन, पसल पनि दिनभर खुला

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक बस सञ्चालन, पसल पनि दिनभर खुला

नेपालखबर
असार १४, २०७८ सोमबार २३:५१,

आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन्। यस्तै खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ।

आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको हो।

हिजो सोमबार तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय गरेको हो।

जसअनुसार आज (असार १५) देखि २५ भन्दा बढी सिटवाला सार्वजनिक बसलाई पनि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न खुला गरिएको हो। यसबमोजिम गतेको अंक जोर परेको दिन जोरवाला र बिजोर अंक परेको दिन बिजोरवाला नम्बर प्लेट भएका तर २५ भन्दा बढी सिट भएका बस चलाउन पाइनेछ।

कोरोनाको दोस्रो लहर सुरु भएयता गत वैशाख १६ गतेदेखि उपत्यकामा सार्वजनिक यातायात बन्द थियो भने निजी सवारीसाधन पनि जोर–बिजोर प्रणालीमा अघिल्लो हप्तादेखि मात्र खुला गरिएको हो।

यस्तै आजबाट खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।

के के गर्न पाइने, के के नपाइने? तलको आदेशमा विस्तृत (नोट: ललितपुर र भक्तपुरमा पनि उही आदेश): 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad