खेल


क्राेएसियालाई ३ का विरुद्ध ५ गाेलले पराजित गर्दै स्पेन युराेकपकाे क्वार्टरफाइनलमा

क्राेएसियालाई ३ का विरुद्ध ५ गाेलले पराजित गर्दै स्पेन युराेकपकाे क्वार्टरफाइनलमा

नेपालखबर
असार १४, २०७८ सोमबार १९:२,

युराेपियन च्याम्पियनसिपअन्तर्गत जारी युराेकपमा स्पेनले क्राेएसियाविरुद्ध शानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ।

राउन्ड १६ काे साेमबार भएकाे खेलमा स्पेनका पेड्रीले २० मिनेटमै क्राेएसियालाई आत्मघाती गाेल उपहार दिए पनि स्पेन खेलमा फर्किन सफल भयाे।

स्पेनले क्राेएसियाकाे पाेस्टमा ५ गाेल गर्याे। उसका लागि पी सराबियाले ३८ मिनेटमा पहिलाे गाेल गर्दै खेललाई बराबरीमा ल्याए। सी अजपिलिकुएताले ५७ मिनेटमा गाेल गर्दै अग्रता दिँदा स्पेनकै एफ टाेरेसले ७६ मिनेटमा गाेल गरे। 

३-१ काे गाेल अन्तर रहेकाे अवस्थामा क्राेएसिया खेलमा फर्कियाे। क्राेएसियाका एम ओर्सिचले ८५ मिनेटमा गाेल गर्दै अन्तर घटाए। त्याेसँगै खेल सकिनै लाग्दा ९०+२ मिनेटकाे अतिरिक्त समयमा एम पासालिचले गाेल गर्दै देल बराबरीमा ल्याए। 

३-३ गाेल भएपछि खेल थप ३० मिनेट लम्बियाे। यस्ताेमा स्पेनका ए माेराटाले खेलकाे १०० मिनेटमा गाेल गरे भने एम ओएरजाबलले १०३ मिनेटमा अर्काे गाेल थपे। 

त्यसपछि १२० मिनेटसम्म चलेकाे खेलमा क्राेएसियाले थप गाेल फर्काउन नसक्दा टाेली अन्तिम १६ बाटै युराेकप २०२० टुंग्याउन बाध्य भयाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad