समाज


विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी अनुमान

विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी अनुमान

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार २:१८,

आज (शुक्रबार) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पूर्वका केही तथा पश्चिम र मध्यका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

साथै रातिमध्य तथा पूर्वका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

वरिष्ठ मौसमविद् वरुण पौडेलको अनुसार काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा दिउँसो वा बेलुकीपख वर्षा हुने सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  
भाद्र ६ गते शुक्रबार
दिउँसो : देशको पुर्वी भुभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रही पूर्वी भूभागका केहि स्थानहरुका साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।
राति : देशका धेरैजसो स्थानहरुमा सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका केहि स्थानहरुका साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वी भुभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ७ गते शनिबार
दिउँसो : देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राति : देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

भाद्र ८ गते आइतबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भुभागका एक  दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। 

राति : देशभरी सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रपश्चिमी र मध्य भुभागका एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको केही स्थानहरुमा मेघगर्जन रचट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन रचट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ।देशको भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ जसले गर्दा चुरे वाट बहने खोलाहरुको बहावमा आकस्मिक बृद्दि हुन सक्ने साथै सडक यातायातमा पहिरो/भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad