ad ad

समाज


मोटरसाइकलबाट खसेर युवकको मृत्यु

मोटरसाइकलबाट खसेर युवकको मृत्यु

नेपालखबर
असार ११, २०७८ शुक्रबार ९:३५,

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन्।

बिहीबार मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा डिभाइडरमा ठोक्किँदा पछिल्लो सिटबाट कुँवर खसेका थिए।

गम्भीर घाइते उनका उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .