समाज


बाढीपीडितलाई नेपाली सेनाको स्वास्थ्य क्याम्प

बाढीपीडितलाई नेपाली सेनाको स्वास्थ्य क्याम्प

नेपालखबर
असार १०, २०७८ बिहिबार १४:५,

अविरल वर्षाको कारण बाढी, पहिरो र डुबानहरुबाट प्रभावित सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्‍न स्थानहरुमा नेपाली सेनाको मेडिकल क्याम्प संचालन लगायतका काम गरेको छ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्‍न स्थानका बाढी पहिरो प्रभावितका लागि चनौटे र ईचोक महानकालमा वुधबार र बिहीबार स्वास्थ्य क्याम्प संचालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। दुई दिने क्याम्पमा करिब १६५ जना भन्दा बढीले सेवा लिएका थिए।

वुधबार चामे गाउँपालिका - ३, चामेस्थित घट्टे खोलाको पुल र स्थानीय आवत/जावत गर्ने बाटो सेनाले मर्मत गरेको छ।

साथै मुगुको छायाँनाथ रारा नगरपालिका - ७, सातमोडमा अवरुद्ध रहेको गमगढी-नाग्मा सडक खण्ड खुलाउने कार्यमा नेपाली सेनाको उद्धार टोलीले सहयोग गरेको जनाएको छ।

मनाङ जिल्लाको नयाँ बजार र चामे बजार जोड्ने चामे गाउँपालिका - ३ स्थित घट्टे खोलाले पुल बगाए पश्‍चात नेपाल प्रहरीको सहकार्यमा नेपाली सेनाले पक्‍की काठे पुल निर्माण गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .