खेल


कोरोनाका कारण त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

कोरोनाका कारण त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

नेपालखबर
असार १०, २०७८ बिहिबार १४:४,

जुलाईमा तय भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ।

स्पेनमा हुने भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो।

कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा सारिए पनि श्रृंखला हुन सकेन। नामिबियामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेको र त्यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेल स्थगित गरेको हो।

श्रृंखलाका लागि नेपालले बन्द प्रशिक्षण पनि सुरु गरिसकेको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा गत मंगलबारबाट नेपालले २० खेलाडी समावेश गर्दै प्रशिक्षण सुरु गरेको थियो। आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपालका प्रशिक्षक डेभ ह्वाटमोरले तयारी थालेका थिए। नेपालको जिम्मेवारी समालेको आफ्नो पहिलो प्रशिक्षणमा नेपालले घरेलु भूमिमा नेदरल्यान्ड र मलेसियासँगको त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको उपाधि उचालेको थियो।

लिग–२ अन्तर्गत नेपाल घरेलु मैदानमा ओमान र अमेरिका सँग चार खेल खेल्दा चार अंकसहित छैटौं स्थानमा छ। ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। लिग–२ अन्तर्गत नै ओमानमा तय नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला पनि कोरोनाका कारण स्थगित भएको थियो।

सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटको आधार रहेको लिग–२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनोट खेल्ने मौका पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .