दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत फेला परेकी सन्तोषी सुब्बाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका युवालाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।
दक्षिणकालीको एक वर्शपमा काम गर्ने ती युवालाई प्रहरीले वौद्ध क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
विभिन्न पशुपन्छीको आवाज निकालेर सामाजिक संजालमा चर्चित रहेकी सुब्बा मंगलबार दक्षिणकाली मन्दीरको शौचालयमा मृत फेला परेकी थिइन्।

प्रतिक्रिया