मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ। कतिपय स्थानमा धनजन क्षतिसमेत भइसकेको छ।
यसैले बाढी पूर्वानुमान महाशाखाले नियमित रूपमा कहाँ कहाँ बाढीको जोखिम छ भनेर सूचना दिने गरेको छ।
यसै क्रममा महाशाखाले आज (बुधबार) बिहान भनेको छ : आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौं।
शुक्रबारसम्म बाढीको जोखिम कहाँ कहाँ कस्तो होला? हेर्नुहोस्, बाढी महाशाखाले जारी गरेको अनुमान :


प्रतिक्रिया