ad ad

समाज


बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

नेपालखबर
असार ८, २०७८ मंगलबार ९:५५,

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ। बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .