ad ad

समाज


लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक केजरीवालको निधन

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक केजरीवालको निधन

नेपालखबर
असार ८, २०७८ मंगलबार ९:३३,

नेपालको पहिलो सूचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसका संस्थापक परमानन्द केजरीवालको निधन भएको छ।

केजरीवालको ६६ वर्षको उमेरमा आइतवार उपचारका क्रममा काठमाडौंमा निधन भएको लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले जनाएको छ।

केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो। शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्नकोलागि सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए।

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको जनाएको छ।

संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .