समाज


आजबाट काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा नियमित सेवा सञ्चालन, तर सेवाग्राहीलाई एउटा सर्त

आजबाट काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा नियमित सेवा सञ्चालन, तर सेवाग्राहीलाई एउटा सर्त

नेपालखबर
असार ८, २०७८ मंगलबार ४:३८,

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज (असार ८) बाट नियमित सेवा प्रदान गर्ने भएको छ।

कोरोना महामारीका कारण यसअघि अत्यावश्यकबाहेकका सेवा बन्द थिए।

आजबाट भने सबै सेवा खुला गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तर सेवा लिन जाँदा सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित उपस्थित हुनुपर्ने छ।

‘कोभिड–१९ को संक्रमण उच्च रहँदा मिति २०७८/१/१३ देखि यस कार्यालयबाट अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरिएकोमा मिति २०७८/३/८ देखि लागु हुने गरी सेवा सुचारु गर्ने निर्णय भएको छ,’ काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रूपमा सेवा लिनु पर्ने कारणसहित उपस्थित हुनु हुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ।’

ktm niyamit

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad