विना इजाजत संस्था खोली बालबालिका राखेको आरोपमा प्रहरीले काठमाडौंको वाफलबाट ३ जनालाई पक्राउ गरेको छ।
नागार्जुन नगरपालिका–४ वाफलमा रहेको नमुना प्रगतिशिल महिला समाज नामक संस्थाका सञ्चालक ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जनालाई बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।
उक्त संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरु उद्धार गरेको छ। उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया