आज सबैभन्दा धेरै कोरोना संक्रमित बागलुङमा देखिएका छन्। सबैभन्दा धेरै संक्रमित हुने काठमाडौंलाई आज बागलुङले जितेको छ।
गएको २४ घण्टामा काठमाडौंमा २८५ जनामा संक्रमण पुष्टि भएको छ भने बागलुङमा ३०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय शहरी क्षेत्रमा संक्रमण कम हुँदै गएको र ग्रामिण क्षेत्रमा बढेको जनाएको छ।
आज काठमाडौं उपत्यकामा काठमाडौं २८५, ललितपुर ३५ र भक्तपुर ३३ जना गरी ३५३ जनामा संक्रमण देखिएको छ।
यस्तै, देशभर २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार १३० जना संक्रमणमुक्त भएका छन्।
आज ४६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया