जडिबुटी टिप्न गोरखा र लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गएको जेठ २६ गते लेक पसेका मध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन्।
मृतकको शव प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।
बाँकी ४ जनाको भने सोमबार काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ।
लेकमा पानी परेपछि खतरामा परेकाहरुलाई गोरखाको लाप्राक गाउँमा ल्याइएको उनले जानकारी दिए।
गोरखाको बारपाक सुलीचौर गाउँपालिका र लमजुङको सीमानामा पर्ने बौद्ध हिमाल क्षेत्र जडिबुटीको लागि पनि प्रख्यात छ। गाउँलेहरु हरेक वर्ष यही सिजनमा त्यहाँ जडिबुटी टिप्न जाने गर्छन्।

प्रतिक्रिया