ad ad

समाज


चीन सतप्रतिशत जनतामा खोप लगाउने सफलता नजिक, झन्डै एक अर्ब डोज खोप लगाइसके

चीन सतप्रतिशत जनतामा खोप लगाउने सफलता नजिक, झन्डै एक अर्ब डोज खोप लगाइसके

नेपालखबर
असार ५, २०७८ शनिबार ९:९,

चीनले केही दिनमै एक अर्ब डोज खोप मानिसमा लगाइसक्ने सीएनएनले जनाएको छ। चीनले अमेरिकाले भन्दा ३ गुणा बढी खोप मानिसमा लगाइसकेको हो।

विश्वमा हालसम्म २ अर्ब ५० करोड डोज खोप मानिसमा प्रयोग भइसकेको छ। विश्वभर कोरोना खोप लगाएकामध्ये ४० प्रतिशतले चीनमा खोप लगाएका हुन्।

गत मार्च २७ सम्ममा चीनले जम्मा १० लाखमा मात्र कोरोना खोप लगाएको थियो। तर गत महिनाको चिनियाँ स्वास्थ्य आयोगको तथ्यांकअनुसार चीनमा एकै महिनामा ५० करोड डोज खोप लगाइयो।

गतहप्ताको मंगलबार मात्र चीनले एकैदिन २ करोड व्यक्तिमा खोप लगायो। चीनको जनसंख्या १ अर्ब ४१ करोड हो।

दैनिक एकदेखि दुई करोडमा खोप लगाइरहेको चीनले यही अनुमातमा खोप कार्यक्रम संचालन गरे अब केही महिनामै त्यहाँका सत प्रतिशत जनताले खोप लगाइ सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .