कोरोना भाइरस सम्बन्धमा भारतमा अहिलेसम्म ३८ करोडभन्दा बढी नमुना परीक्षण भइसकेका छन्। जसमा २८ हजारभन्दा बढी नमुनाको जिनोम सिक्वेन्सिङ गरिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यसबाट भारतमा कोरोना भाइरसका १२० भन्दा बढी भेरिएन्ट (प्रकार) फेला परेका छन्, तीमध्ये ८ वटा सबैभन्दा गम्भीर खालका छन्। अहिले १४ प्रकारबारेको अनुसन्धानमा वैज्ञानिक जुटेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गम्भीर किसिमका भेरिएन्ट भनेर जुन नामकरण गरेको छ– बिटा, अल्फा, गामा, इटा, कापा, डेल्टा प्लस, लोटा सबै भारतमै देखिएका हुन्। यी भेरिएन्टमध्ये भारतमा कसैले धेरै जनालाई संक्रमण गरेका छन् भने कसैले केही जनालाइई।
२८ वटा प्रयोगशालामा जारी सिक्वेन्सिङको प्रारम्भिक नतिजा आश्चर्य गराउने खालका छन्। भारतमा डेल्टाका साथ कोरोनाको कापा भेरिएन्ट पनि फेला परेको छ। बितेका ६० दिनभित्र ७६ नमुनामा यसको पुष्टि भएको हो।
प्रतिक्रिया